शिवम अधिकारीको लेखन निर्देशनमा ‘कोपीला’ को छायांकन सम्पन्न


सेलिब्रेटी नेपाल

काठमाडौँ : कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यामहरुमा आईरहेकाछन् । यसै घटनाको बास्तबीक कथामा आधारीत भएर चलचित्र चलचित्र ‘कोपीला’ निर्माण गरिएको छ । ३० दिनमा चलचित्रको छायांकन सकिएको हो । यो चलचित्रलाई शिवम अधिकारीले लेखन एबम निर्देशन गरेकाहुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएकाछन् । करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए ।

‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिचर गरिएको छ । चलचित्रमा संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेकाछन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा सुबाशराज काफले,सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्र्की रहेका छन । ‘कोपीला’मा सरिता गिरि,गणेश गिरि,ऋद्धीचरण श्रेष्ठ,अस्मिन घिमिर,अस्मिता जुरेली,प्रतिक्षा खड्का,शिया आचार्य,जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।