तिन चलचित्रसँग जुध्ने भयो ‘सेतो बाघ’


(सेलिब्रेटि नेपाल) काठमाडौँ
डायमण्ड शमशेरको चर्चित कृति सेतो बाघमा आधारित चलचित्रले आफ्नो रिलिज मिति तोकेको छ । एैतिहासिक बिषयबस्तुमा निर्माण भएको चलचित्र चैत २७ मा प्रदर्शन हुने भएको छ ।
seto bagh
नाई नभन्नु ल ३, रेशम फिलीली र हवल्दार सुन्तली जस्ता चलचित्रसँग भिड्दै प्रदर्शनमा आउन लागेको चलचित्रलाई बरिष्ट अभिनेता नीर शाहले निर्देशन गरेका छन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाको अन्तिम ३० दिनको कथामा आधारित सेतो बाघमा, जंगबहादुरको चरित्रमा बि. एस. राणाले अभिनय गरेका छन् । चलचित्रमा बि. एस. राणा बाहेक पवन मैनाली, राजाराम पौडेल, अञ्जना कट्टेल रवि गिरी लगायतको अभिनय हेर्न पाईन्छ ।