दोस्रो करोडपति भुवनका छोरा अनमोल


(सेलिब्रेटी नेपाल) ८ बैशाख-आज भन्दा १५ बर्ष अघि सुपरहिट बनेको चलचित्र करोडपतिको दोस्रो भाग करोडपति-२ बन्ने भएको छ । नायक भुवन केसीले नै निर्देशन गर्ने यस चलचित्रमा नायकको रुपमा भने उनकै छोरा अनमोल केसी रहने भएका छन् । जेठको दोस्रो साता सुटिङ सुरु हुने चलचित्रको स्क्रिप्ट काम भइरहेको छ। यस चलचित्रका लागि पुरानै करोडपतिका लेखक ब्रजेश खनालले कथा तथा पटकथा लेख्ने भएका छन् ।हाल लोकेसन हेर्नमा व्यस्त भएकाले अन्य कलाकारहरु फाइनल भइसकेका छैनन्। करोडपतिको तुलनामा युवा पुस्ताको कथा चलचित्रमा समावेश गरेको छु। त्यसैले अनमोलले गेटअप पनि परिवर्तन गर्नेछन्। फिल्ममा दुई पुस्ताका कथालाई प्रस्तुत गरिनेछ,’ भुवन केसीले भने। चलचित्र काजोल्स फिल्मस्बाट निर्माण हुन लागेको हो। आगामी जेठ दोस्रो सातादेखि छायांकन सुरु गरिने यस चलचित्रको लोकेसन भने काठमाडौँ र मलेसिया हुने भएको छ ।