सायदका दाजु भाई आभासमा संगै


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘सायद’ मार्फत एकसाथ ठुलो पर्दामा देखिएको जोडी सायदका निर्माता तथा कलाकार सुनिल रावल र कलाकार संयम पुरी फेरी एकसाथ पर्दामा देखिदैंछन् । पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषमा संयम पुरी र निर्माता तथा कलाकार सुनिल रावल एकसाथ देखिने भएका छन् । सुनिल रावलको सपोर्टले नै आफु यो क्षेत्रमा अघि बढेको बताएका छन् । करिब ३ बर्ष अघि निर्माण भएको चलचित्र सायदमा सुनिल रावलले संयमको दाईको भुमिका निभाएका थिए ।
Samyam-puri-sunil
तिन बर्ष पछि यो जोडी अब पुष २५ गते प्रदर्शन हुन लागेको चलचित्र आभाषमा समेत एकसाथ देखिदैंछन् । सुनिल भन्छन ‘संयम नेपाली चलचित्र क्षेत्रको एक आशालाग्दो कलाकार हो मैले उसको आँखामा एक सुपरस्टार देखेको छु’ । साच्चै भन्नु पर्दा संयमले सबैको मनछुने अभिनय गर्ने माहिर छ । बैकिंक पेशा अपनाएका सुनिल रावल सायद चलचित्रबाट नै उनी निर्माताका रुपमा परिचित भएका हुन् । त्यसपछि उनले चलचित्र ‘होस्टेल’ निर्माण गरेका थिए । उनले निर्माण गरेको अर्को चलचित्र ‘होस्टेल रिटर्न’ यति बेला पोष्ट प्रोडक्शनमा रहेको छ अब आगामी चलचित्रहरुमा संमयलाई नै आफुले निर्माण गर्ने चलचित्रमा कलाकारको रुपमा देखाउने पनि सुनिलले बताएका छन् ।
Samyam-puri
चलचित्र आभाषमा संयम पुरी,आष्मा डिसी,सलोन बस्नेत,निशा अधिकारी प्रकृति श्रेष्ठ,सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । चलचित्रमा गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।