‘सय कडा दश’ को पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘सय कडा दश’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘दाईलाई कुरा लाइदिनी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई र रवि डंगोल फिचर्ड छन् ।

सार्बजनिक गीतमा कल्याण सिंहको संगीत, निर्देशक रामशरण पाठकको शब्द रहेको छ भने गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको छ । वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले बोल्छ । चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई र रवि डंगोल,मनोज गजुरेल र राजाराम पौडेल मुख्य भूमिकामा रहेका छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । चलचित्र माघ १८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।