दुइ हिरो सौगात र सलोन नव अभिनेत्री कश्मिराको पछि पछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घनचक्कर’को पहिलो गीत सार्बजनिक गरिएको छ ‘हिरो’ बोलको गीतमा राजेश पायल राई र देव कोइमीको स्वर रहेको छ । सार्बजनिक गीतमा दुई अभिनेता सौगात मल्ल र सलोन बस्नेत नव-अभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन् । पुष १३ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘घनचक्कर’ लाइ निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । ‘घनचक्कर’ लाई सुशन प्रजापतिले छायांकन गरेका हुन् । चलचित्रमा सरोज खननाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको चलचित्रको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रमा सौगात र सलोन गाउँले दाजु भाईको भूमिकामा छन् । चलचित्रको निर्माता हरि भट्ट सुर्यनाथ हुन् ।