सामाजिक संजाल फेसबुक तथा अनलाइन संचार माध्यममा छायो प्रोड्यूसर



सेलीब्रेटी नेपाल फागुन ८ गते -नेपाली चलचित्र बजार घट्दै गइ रहेको बेलामा चलचित्र हरुको प्रचार प्रसार गर्ने विभिन्न तौर तरिका हरु निर्माता निर्देशक हरुले
अपनाउने गरि रहेका छन् । फर्स्ट लुक भनेर केहि फोटा हरु सामाजिक संजाल फेस बुक तथा अन लाइन संचार माध्यम मार्फत सार्बजनिक गर्ने अहिले नेपाली चलचित्र बजारमा फेसन नै चलि सकेको छ निर्माण कार्य सकेर प्रदर्शन गर्ने उपयुक्त मौका कुरी रहेको चलचित्र प्रोड्यूसरले पनि आफ्ना केहि तस्बिर हरु फर्स्ट लुक भन्दै अहिले सार्बजनिक गरेको छ ।

म्युजिक भिडियो निर्देशन तथा संचार क्षेत्रमा अनुभव बटुलेका जनकदीप पराजुली द्वारा निर्देशित प्रोड्यूसरमा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, स्वेता भट्टराई, पायल रायमाझी र श्याम राईको मुख्य भुमिका रहेको छ । चलचित्रमा बाबु बोगटी निर्देशकको भुमिकामा छन् भने श्याम अर्याल चलचित्र भित्रको नायकको रूपमा प्रस्तुत भएका छन् । यस्तै विल्सन विक्रम राई प्रोडक्सन म्यानेजरको भुमिकामा छन् ।

राजकुमार राई, केशब अधिकारी र ज्योतीराज राईको निर्माणमा बनेको यो चलचित्रमा संगीत राहुल प्रधान, किरण माईकल र सुरेश राई, कथा किरण माईकल, छायाँकन सागर प्रधान, द्धन्दनिर्देशन रोशन श्रेष्ठ, करियोग्राफी साईमन राजबंशीको रहेको छ ।

प्रोड्यूसर चलचित्र सम्बन्धि थप समाचार हरु 

प्रोडूसरले सक्यो सम्पादन

तिहारको रौनक मा पनि प्रड्युसर सम्पादनमा ब्यस्त