सम्पादनमा हैरान


सेलिब्रेटी नेपाल काठमाडौँ
saugat-bista
विश्वकै कान्छो निर्देशक सौगात बिष्ट द्धारा निर्देशन गरिएको चलचित्र हैरानको यतिबेला धमाधम सम्पादन कार्य भईरहेको छ । अझै पनि, चंखे शंखे पंखे,लभ यू बाबा, फुलै फुलको मौसम तिमीलाई जस्ता चलचित्रको सम्पादन गरेका सम्पादक प्रितम पाण्डेय यतिबेला चलचित्र हैरानमा लागि परेका छन्।
Pritam-pande-8
चलचित्र हैरान कस्तो खालको चलचित्र हो भन्ने हाम्रो प्रश्नमा पाण्डेय भन्छन् यो चलचित्र कमेडी , प्रेम र सस्पेन्सको मिश्रण हो । चलचित्र कस्तो होला भन्नेको कुरा यसको नामबाटै पनि अन्दाज लगाउन सकिन्छ चलचित्र हैरान मुक्ति घले , वाई.एल लामा र श्रिष्टी घिमिरेको निर्माणमा तयार भएको हो ।
चलचित्रमा गजित बिष्ट,निश्मा घिमिरे , सत्यराज आचार्य , पुष्कर रेग्मी,सागर लम्साल र नव कलाकार आरोहि शर्माको मुख्य भुमिका रहेको छ ।