फेरी बन्ने भो ‘साइनो’ राजकुमारसँग मिरुनाको जोडी


सेलिब्रेटी नेपाल

काठमाडौँ : करिब तिन दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘साइनो’ को नाममा फेरी नयाँ चलचित्र बन्ने भएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले चलचित्र निर्माण गर्ने भएकी हुन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको छ । चलचित्र ‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । अब चलचित्रमा अभिनेत्री मिरुना मगरको पनि प्रवेश भएको छ । दुई अभिनेत्रीसँग नव-नायक राजकुमारले रोमान्स गर्ने भएका छन् । रमेश थापाले चलचित्र निर्देशन गर्नेछन् । चलचित्र सोमबार बाट छायांकनमा जाने छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । अभिमन्यू ‘निरवी’ ले चलचित्रको कथा तयार पारेका हुन् । ‘साइनो’ मा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । चलचित्रलाइ रामेश्वर कार्कीले छायांकन गर्नेछन । बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा रोशन विक्रम भट्टराईको द्वन्द्व,बसन्त सापकोटाको संगीत रहनेछ ।

काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ ।