सबिर श्रेष्ठ: रेखा भए हिट, नत्र क्लिनचिट


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्देशक सबिर श्रेष्ठ नेपाली चलचित्र उद्योगका लागि नौलो नाम होइन । रेखा थापा क्याम्पका यी फेवरेट निर्देशकलाई पछिल्लो समय दर्शकले बिर्सदै छन् । यहाँ सम्मकी रेखाले पनि आफ्ना फिल्ममा सबिरलाई निर्देशक लिन छोडीसकेकी छन् ।

रेखा फिल्मसको ‘कस्ले चोर्यो मेरो मन’बाट निर्देशनमा डेब्यु गरेका सबिरले रेखासँग ‘काली’, ‘रामप्यारी’, ‘इशारा’, तथास्तु, ‘हमेशा’मा काम गरे । यी मध्ये ‘इशारा’ र ‘तथास्तु’ फ्लप रहे । रेखा फिल्मसका चार फिल्म हिट भए । सबिरलाई लिएर रेखाले ‘कस्ले चोर्यो मेरो मन’को सिक्वेल बनाउने घोषणा गरेको वर्षौ बितिसकेको छ । यो फिल्म घोषणा गरेपश्चात रेखाले ‘रुद्रप्रिया’ र ‘मालिका’ निर्माण गरिसकेकी छन् । यसबीचमा सबिरले निर्देशन गरेका ‘कहिँ कतै’ र ‘किङ’ पनि प्रदर्शनमा आए । तर, बक्स अफिसको नतिजा सबिरको पक्षमा रहेन ।

ठाडो भाषामा भन्नु पर्दा यी दुई चलचित्रले पानी भन्न नि पाएनन् । यी मात्र होइन रेखा नलिई निर्देशन गरेका ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘आधी बाटो’ले पनि निर्मातालाई खुसि दिन सकेनन् । यी दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो । तर, ‘आधी बाटो’ले आधा-आधी लगानी उठाउदा आर्यनलाई लिएर बनाएको ‘के म तिम्रो साथि बन्न सक्छु’लाई दर्शकले ठाडै अस्विकार गरिदिएका थिए ।

अहिले आर्यन अधिकारी र सृष्टि श्रेष्ठलाई लिड लिएर सबिरले ‘बाँध मायाले’ निर्माण गरेका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्रले के सबिरको साख जोगाउला त ? या बक्स अफिस हिट दिन रेखा फिल्मसकै फिल्म निर्देशन गर्नुपर्ने हो ?

अहिले त रेखा पनि सफलताको खोजिमा भौतारीरहेकी छन् । अहिले नत उनका होमप्रोडक्सनका चलचित्र चलेका छन्, नत बाहिरका । यस्तोमा सबिर र रेखाको सहकार्य पनि कसरि होस् ? दुवैले एक-अर्का माथि जोखिम मोल्ने अवस्था जो छैन ।

रेखाको ‘मालिका’ र सबिरको ‘बाँध मायाले’ यहिँ वर्ष रिलिज हुँदैछन् । यी दुई चलचित्रले राम्रो व्यापार गरे त ठिकै छ । तर, यहाँनेर पनि दुवै असफल भए भने के रेखासँग सबिरले सहकार्य गर्लान् ? नत्र सबिरले निर्माताको पैसा डुबाउनु भन्दा निर्देशनबाट सन्यास लिएकै राम्रो ।