ऋचा रअर्पण ‘सुनकेसरी’प्रचार प्रसारको लागि चितवनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यहि जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन पुगेको हो । चलचित्रकी निर्मात्री एबम अभिनेत्री ऋचा शर्मा र निर्देशक अर्पण थापा सहित चितवन आईपुगेको टोलीले चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी ऋचाले निर्माता संघले घोषणा गरेको आन्दोलनको कारण चलचित्रको प्रचार प्रसारमा ढिलाई भएको बताईंन । ‘निर्माता संघले घोषणा गरेको आन्दोलनको कारण जेष्ठमा रिलिज हुने भनिएको सबै चलचित्रलाई होल्ड राखिएको थियो जसको कारण चलचित्रको प्रचार प्रसारमा ढिलाई भयो’ ऋचाले भनिन । हरर जनरामा बनेको चलचित्र ‘सुनकेसरी’ लाई नेपालमा आफुले खोजेको जस्तो लोकेसन नपाएको कारण अस्ट्रेलियामा गएर सुटिङ गरिएको ऋचाले जानकारी दिइन ।

यस्तै चलचित्रमा निर्देशक अर्पण थापाले ‘सुनकेसरी’ आफ्नो लागि पनि च्यालेञ्जिङ नै भएको बताए । ”आफुले उच्च स्तरिय हरर चलचित्र बनाउने कोशीश गरेका छौ, मलाई आशा छ चलचित्रले दर्शकको राम्रो साथ पाउनेछ” निर्देशक थापालेभने । चलचित्र हेरेर मनोरन्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर चलचित्र भनेको छ हेरौ न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेण्टालिटीका साथ गएमा मन नपर्न पनि सक्ने थापाको भनाई रहेको छ ।

जेष्ठ ११ गते ठुलो ब्यानरको कुनै पनि चलचित्र नरहेको कारण ‘सुनकेसरी’ ले सोलो रिलिज पाएको छ । चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी चलचित्रको सह निर्माता हुन भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् ।