लोफ़रलाई रिप्लेस गर्दै रिलिज हुन लागेको काली यस्ती छिन् (भिडियो)


Kaali-rekha-thapa (सेलिब्रेटी नेपाल) १३ भाद्र-बडा दशैंको अवसर पारेर आउँदो असोज २५ गते फुलपातीका दिन ‘लोफ़र’ लाई रिप्लेस गर्दै रिलिज हुन लागेको रेखा थापा निर्मित चलचित्र ‘काली’को अफिसियल प्रोमो रिलिज गरिएको छ । निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको ‘काली’ को प्रोमो आकर्षक बनेको छ।

नारी प्रधान चलचित्र कालीको शिर्ष भुमिकामा अभिनेत्री रेखा थापा रहेकी छिन् । रेखालाई किशोर खतिवडाले साथ दिएका छन् । चलचित्रमा ध्रुब कोईराला, नन्दु श्रीवास्तव, किरण थापा, जित गुरूङ, सिरु बिष्ट लगायतले पनि अभिनय गरेका छन् ।

रेखाका पूर्व पती छबिराज ओझाले आफ्नो चलचित्रलाई सुटिंग स्पट बाटै लोफ़र रिलिज घोसणा गरेको डेट असोज २५ गते रिलिज हुन लागेको चलचित्र कालीमा बसन्त सापकोटा संगीत शिब ढकालको क्यामेरा बनिश शाहको सम्पादन रोशन श्रेष्ठको द्वन्द र कविराज गहतराजको करियोग्राफी रहेको छ।
kaali-rekha