रेखा र दयाहाङको ‘निरफूल’ प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: रंग पत्रकार फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘निरफूल’को प्रदर्शन मिती सार्बजनिक गरिएको छ । दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आगामी वर्षको भाद्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ‘निरफूल’ ले भूकम्पले बिछोडिएको एक परिवारको प्रेमकथा बोल्छ । एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । चलचित्र मा अभिनेत्री रेखा थापा बिशेष भुमिकामा देखिने छिन् । ‘निरफूल’मा दयाहाङका अलवा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण चलचित्र प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।