मान्न चाहन्न भन्दै ‘रणवीर’ सुपुष्पाको पछि पछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: माघ १८ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’को मान्न चाहन्न’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चक्चित्रका अभिनेता सुशील सिटौला अभिनेत्री सुपुष्पा भट्ट को प्रेममा तड्पि रहेको देख्न सकिन्छ । सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रबिशा अधिकारीको स्वर, बस्नेतकै शब्द/संगीत रहेको छ ।

चलचित्रमा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । चलचित्र मार्फत अभिनेत्री शुभेच्छा खड्का र सुपुष्पा भट्टले डेब्यु गर्दैछन । चलचित्रमा प्रशान्त ताम्राकार टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।