रंग बैजनी मराठीमा पनि बन्ने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आगामी मंसिर १९ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘रंग बैजनी’ अब मराठीमा पनि बन्ने भैलो छ मराठीमा बन्न लागेको रंग बैजनिको कथा उही हुनेछ र निर्देशक शम्भु प्रधानले नै निर्देशन गर्ने छन्| निर्माण कम्पनि नुतन टेलीफिलिम्सका अनुसार कलाकार तथा प्राबिधिक नेपाल बाट रहने वा नरहने भन्ने कुराको टुंगो लागि सकेको छैन| नेपाली चलचित्रका पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधानले मराठी चलचित्रमा पनि काम गर्नु र रंग बैजनी मराठीमा बन्नु नेपाली चलचित्र उद्योगको लागि पनि फाइदा जनक कार्य हुन सक्नेछ|
Rang-Baijani
चलचित्र ‘रंग बैजनी’ मा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ। शम्भु प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन्। चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ|