कबड्डी पछी रामबाबुको पुरानो डुंगा


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र बनाउने भएका छन् । उनले बनाउने नयाँ चलचित्रको नाम ‘पुरानो डुङ्गा’ राखिएको छ । एक पत्रकार सम्बेलन गर्दै उनले आफुले बनाउने नयाँ चलचित्र ‘पुरानो डुङ्गा’ बारे जानकारी दिएका हुन् । माओत्से गुरुङको कथामा निर्माण हुने यस चलचित्रलाई निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।चलचित्रमा माओत्से, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, बुद्धी तामाङ, पुष्कर गुरुङ, पुर्णिमा गुरुङ लगायतको अभिनय रहने छ ।
Purano-dunga
तालको किनारमा डुङ्गा चलाएर जिविकोपार्जन गरिरहेको एक व्याक्तिको अंशवण्डामा डुङ्गा नै भाईको पोल्टामा परेपछि दाईको परिवारमा आउने समस्याको कथा चलचित्रले बोल्नेछ । माघ २९ बाट छायाकन सुरु हुने यो चलचित्रलाई रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ ,बाल्मिकी पोख्रेल र अर्जुन कार्कीले निर्माण गर्दै छन् ।