‘कलाकार त दर्शक भन्दा अलग हुनु पर्छ’ राम कुमार केसी


सेलिब्रेटी नेपाल

काठमाडौँ: ललितपुर जिल्ला ठेचो स्थायी बासी राम कुमार केसी नेपाली चलचित्रका सफल छायाँकारका रुपमा चिनिने गर्छन। उनले हाल सम्म नेपाली,अंग्रेजी भोजपुरी गरेर ३० वटा ठुलो पर्दाका चलचित्र र २०० भन्दा बढी म्युजिक भिडियो खिची सकेका छन् । बिर बिक्रम,ह्याप्पी डेज,कोहिनुर जस्ता सफल चलचित्रका छायाँकार केसी हाल नयाँ चलचित्रको तयारीमा छन् । जिउडाल हेर्दा सबैले सन्की भने पनि काममा अति नै लगनशील र सरल स्वभावका छन् । धर्ममा बिस्वाश राख्ने केसी आफुले काम गरेका सबै प्रोजेक्टलाइ आफ्नै ठानेर काम गर्ने गर्दछन ।

बिगत १५ बर्ष देखि चलचित्र क्षेत्रमा सक्रिय उनि आफ्नो काममा दक्षता हासिल गरेर मात्र अघि बढ्न सकिने बताउछन् । नेपाली चलचित्र अहिलेको अवस्थामा नचल्नुको कारण के होला भनि प्रश्न गर्दा उनि भन्छन ‘आजकल चलचित्रका कलाकार र हेर्ने दर्शक उस्तै देखिन्छन,कलाकार त दर्शक भन्दा अलग हुनु पर्छ । हेर्दा पनि अलिक कलाकार देखिनु पर्यो जो जस्तो पनि कलाकार बन्नु भएन कलाकार बन्न मेहनत गरेर आउनु पर्यो कलाले पूर्ण हुनु पर्यो’ । पहिलेका अभिनेताहरु शिब श्रेष्ठ,राजेश हमाल,भुवन केसीको उदाहरण लिन सकिन्छ उनि थप्छन ।

भोजपुरी भाषाको चलचित्र ‘दुल्हन पाकिस्तानकि’ बाट ठुलो पर्दाको छायांकन सुरु गरेका केसीको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘अनुराग’ हो । उनले छायांकन गरेको चलचित्र ‘मेतोक’ पोस्ट प्रोडक्सनमा छ। प्रविधिले फड्को मारे संगै छायाँकारको संख्या पनि बढेको छ । अहिलेको डिजिटल प्रबिधि सजिलो छ तर एनालग भन्दा बढी रिस्क छ उनि आफ्नो अनुभव बताउछन्। नेपाली चलचित्रमा केहि अध्ययन नगरी र नबुझी आउने नव प्रवेशीले गर्दा चलचित्र उद्योग अघि बढ्न नसकेको उनको बुझाई रहेको छ ।