राजुको जन्म दिनमा ‘जिस्म २’ को फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

काठमाडौँ : निर्माता तथा निर्देशक राजु गिरीले आफुले निर्माण गरेको चलचित्र ‘जिस्म २’ को फर्स्ट लुक पोस्टर सार्बजनिक भएको छ । आफ्नो जन्म दिनको अवसर पारेर गिरीले निर्माण गरेको चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको हो । करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’ को यति बेला धमाधम छायांकन भई रहेको छ । सार्बजनिक पोस्टरमा चलचित्रका दुइ मुख्य कलाकार रमेश बिश्वकर्मा र रेजिना भण्डारीलाइ फिचर्ड गरिएको छ । चलचित्रको कथा अनुसार चलचित्रको पोस्टर पनि ग्ल्यामर बनाईएको छ ।

राजु गिरिको निर्माण रहेको चलचित्रलाइ निर्देशक सुचिन्द्र परियारले निर्देशन गरेका छन् । राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि नयाँ निर्देशक लाइ चान्स दिएको बताए ।

सुरज कुँवरले छायांकन गरेको चलचित्र ‘जिस्म २’बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दै छन् । चलचित्रमा अनिल राइको नृत्य,योगेश काजीको संगीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन । चलचित्र ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन । चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ । चलचित्र ‘जिस्म २’लाइ मिन तिमल्सिनाले निर्माण गरेका हुन् ।