राजु गिरीको निर्देशनमा ‘दिलमाया’२ बन्ने


सेलिब्रेटी नेपाल

काठमाडौँ-निर्देशक राजु गिरीको निर्देशनमा केहि बर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘दिलमाया’ को सिक्वेल ‘दिलमाया’२ बन्ने भएको छ ।
दर्जन भन्दा बढी चलचित्र निर्माण तथा निर्देशन गरिसकेका निर्देशक गिरीले चलचित्र ‘दिलमाया २’ बनाउन लागेका हुन् । उनले आफुले धेरै पहिले यो चलचित्र बनाउने सोच बनाएको र अब भने बल्ल समय मिलेको बताएका छन् । चलचित्र शुभ श्री प्रोडक्सन र राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माता अमर गुरुङले निर्माण गर्न लागेका हुन् । चलचित्र लेखन तथा निर्देशन राजु गिरीको रहनेछ । यस चलचित्रमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रामेश्वर हुमागाईको छायांकन रामजी लामीछाने र अनिल राईको कोरियोग्राफी रहनेछ ।

निर्देशक गिरीका अनुसार, यो चलचित्रका लागि कलाकारहरुसँग छलफल भईरहेको छ । उनले चाँडै नै कलाकारहरु सार्वजनिक गर्ने समेत बताएका छन् । माघको दोस्रो हप्ताबाट चलचित्र छायांकनमा जाने निर्देशक गिरीले सेलिब्रेटी नेपाललाइ बताए ।