महानायक हमाल मापसे रोक्ने कार्यमा लागे


(सेलिब्रेटी नेपाल) १४ माघ-बेला बेलामा विभिन्न सेलिब्रेटीहरु मापसे कारबाही पर्ने गरेका छन् केहि महिना अघि हास्य कलाकार दिपक राज गिरि र दीपा श्री निरौलाको मापसे केसले निक्कै चर्चा पनि पाएको थियो। अहिले आएर केहि सेलिब्रेटी मापसे बिरुद्द अभियानमा लागेका छन्। तिन जना सेलिब्रेटीहरु महानायक राजेश हमाल र पूर्वमिस नेपाल माल्भिका सुब्बा र गायक एड्रिन प्रधान मापसे ड्राभिङविरुद्धका एम्बासडर घोषित भएका छन्।
Rajesh-hamal-malvika-subba
यो अभियानमा भारतीय डिजे रोय र बैंकर अनिल शाह तथा दुई पटकसम्म विश्व फर्मुला वान च्याम्पियन बनेका मिका ह्याकिनेन पनि मापसे ड्राइभिङविरुद्धका एम्बासडर घोषित भएका हुन्। अभियानलाई सघाउन मिका यसै साता नेपाल आएका हुन् । उता महानायक राजेश हमालले पनि ‘आइएम नट ड्रइभिङ नेपाल’ नामक यस अभियानमा बोल्दै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आफूले आग्रह गर्ने बताए।