राधिका घिमिरे फिक्का मार्फत नायिका बन्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
रेडियो मिर्मिरेमा कार्यरत राधिका घिमिरेले ६ बर्ष अघि नेपाल टेलिभिजन बाट प्रसारण भएको टेली सिरियल आफन्त बाट अभिनय यात्रा प्रारम्भ गरेकी हुन् त्यस पछिका अबधिमा राधिकाले स्टार, महसुस, कुर्वान लगायतका चलचित्रमा अभिनय गरि सकेकी छिन चलचित्र ‘फिक्का’ मार्फत नायीकाको भुमिकामा देखिन लागेकी उनले थुप्रै म्युजिक भिडियो तथा बिज्ञापनहरुमा काम गरि सकेकी छिन ।

रंग हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र ‘फिक्का’ बाट राधिका निकै नै आशाबादी रहेकी छिन मंसिर १ गतेवाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फिक्का’ मा रिता खाति सुनारको कथा, पटकथा संवाद रहेको छ चलचित्रलाई निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । दर्शकले राधिकालाइ चलचित्र फिक्का मा पृथक भुमिकामा देख्न पाउने छन् । उनि भन्छिन ‘यसअघिका चलचित्रमा भन्दा फरक तथा पृथक भूमिकामा आफु लाइ प्रस्तुत गरेकी छु दर्शकले मेराे अभिनय मन पराउनु हुनेछ।’

एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गरेका छन् भने चलचित्रमा राधिका सहित ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.