‘पुरानो बुलेट’ को ‘मङ्सिर १५’मा अनुप र बर्षाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘पुरानो बुलेट’को पहिलो गीत सार्बजनिक गरिएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण टिमले पहिलो गीत सार्बजनिक गरेको हो । आगामी चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको ‘मङ्सिर १५’ बोलको गीतमा अनुपबिक्रम शाहीले अभिनेत्री बर्षा शिवाकोटीसँग कम्मर मर्काएका छन् । उत्तमजंग लिम्बुको संगीत रहेको गीतमा उत्तमसँगै मेलिना राईको स्वर सुन्न सकिन्छ ।

प्रशान्त तामाङले कोरियोग्राफी गरेको गीतमा टिपिकल नेपालीपन जोडिएको छ । भिषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, शिरोमणी दवाडी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथा तथा पटकथा पनि निर्देशक भिषणको नै हो । कार्यकारी निर्माता सन्तोष राई रहेको चलचित्र ‘पुरानो बुलेट’लाई अशोककुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त निर्माण गरेका हुन् ।