व्यावसायिक भन्दा पनि सत्यपरक चलचित्र पुनर्जन्म


(सेलिब्रेटि नेपाल) काठमाडौँ
एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुनर्जन्म’ले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको छ । कार्यक्रममा चलचित्रका निर्माता मोहनकृष्ण श्रेष्ठले चलचित्रले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको बताए । नायक आर्यन सिग्देलले चलचित्रले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए । फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र लाइ निर्देशन तथा सम्पादन सजन श्रेष्ठले गरेका हुन् शुरुमा छोटो चलचित्र बनाउन लागेको र पछी त्यसलाई ठुलो चलचित्रको रुपमा नया तरिकाले प्रस्तुत गरेको रहस्य खुलाए ।
Punarjanma-aaryan-keki-gajit
चलचित्र ‘पुनर्जन्म’ लाइ मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल,केकी अधिकारी,गजित बिस्ट, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको चलचित्रमा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।