प्रोडूयुसले गर्यो अनाथ र अपांगलाई साँढे ४ लाख सहयोग


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र नगरिमा चलचित्रहरुले राम्रो ब्यापार नगरेको हामी सबैलाई अवगत नै छ तर चलचित्रले राम्रो ब्यापार गर्नु नगर्नु त्यो त एक जनाको मात्र नभएर सम्पूर्ण युनिटको कमजोरी हो । चलचित्रले ब्यापार नगर्नुमा एउटा कारण पब्लिसीटीको कमि हो । चलचित्र राम्रो निर्माण नभएरै नेपाली दर्शकहरुले नेपाली चलचित्र भन्ने बित्तिकै मुख खुम्चाउने गरेका छन् । त्यसैले गर्दा नै होला एउटा चलचित्रले राम्रो ब्यापार गरेन भन्दैमा निर्माण युनिट लुकेर बस्न बाध्य हुन्छन् । पछिल्लो समय यो क्रम एकदम बढेर गएको छ । तर यो कुरालाई पछि पार्दै एउटा चलचित्रले यस्तो कार्य गरेको छ, जुन सम्भवत अहिले सम्म कुनै चलचित्रले गरेको छैन । आफ्नो चलचित्र ब्यापारिक रुपमा सफल नभए पनि, चलचित्रले आफ्नो प्रदर्शनको एक बर्ष पछि पनि च्यारीटिबाट संकलन भएको रकम बिभिन्न अपांगता भएका ब्यक्ति देखि लिएर सस्थाहरुलाई प्रदान गर्दै आएको छ । यो कार्य, गत बर्ष प्रदर्शनमा आएको चलचित्र “प्रोडूयुसर” ले गरेको हो । Jyoti-raj-rai
बेलायतको नेवा च्यारिटीको सहयोगमा लण्डनमा प्रदर्शन गरिएको उक्त चलचित्रले संकलित रकम इटहरी र भोजपुरका अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरेको छ । चलचित्रले दुवै हात र खुट्टा गुमाएका भोजपुरका संजीव राईलाई १ लाख ९८ हजार २ सय ४ रुपैया र इटहरी २ का दृस्टी बिहिन सन्दिप तामांगलाई सिम्पल कुबेरको र अंगछिरिंग शेर्पाको सहयोगमा २ लाख ४३ हजार ८ सय ४० रुपैया प्रदान गरेको छ । यो कार्य बेलायतको नेवा च्यारिटी र चलचित्रका निर्माता र निर्देशक ज्योति राज राई र जनक दिप पराजुलीको सहयोगमा सम्पन्न भएको हो ।

नेपालीले मानबता बिर्सिन लागेको समयमा चलचित्रले यो एकदमै राम्रो कार्य गरेको हो । दर्शकहरुले नेपाली चलचित्रहरु नहेरेको क्रममा सोहि क्षेत्रका मानिसहरुको यो कार्यले अब भने यो नगरी लगाएत सम्पूर्ण मानिसहरुले पाठ सिक्नै पर्ने भएको छ । नेपाली चलचित्र भन्ने बितिकै मुख बिगारेर यो क्षेत्र लगायत यस क्षेत्रका मानिसहरुलाई नराम्रो ठान्ने ब्यक्तिलाई ‘प्रोडूयुसर’को यो सुकामले दरो जवाफ दिएको छ ।