प्रियंका कार्की र आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट भएको छ। लामो समय देखि प्रेममा रहेको यो जोडीको आज इन्गेजमेन्ट सम्पन्न भएको हो । झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईको शनिबार टिकाटालो भएको हो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसाले प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।