‘प्रेमलीला’को हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक गरिएको छ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् ।

चलचित्रमा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्काकै कथा रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको चलचित्र माघ २५ बाट देशभर प्रदर्शनमा आउने छ ।