प्रेमिका जिगोलो र डार्लिङको भिडन्त


(सेलिब्रेटी नेपाल) १६ फागुन-यो साता नेपाली सिने उद्योगमा ३ नेपाली चलचित्रको प्रदर्शन भएको छ। काठमाण्डौ लगायत देशभरका हलमा ३ सिनेमाले प्रदर्शनको पालो पाएका छन्। ति तिन चलचित्र हुन् ‘जीगोलो’, ‘प्रेमिका ’ र ‘डार्लिङ यी तीनै चलचित्र सामान्य प्रचारप्रसारका कारणले दर्शक लाई त्यति धेरै थाहा छैन तर पनि ३ सिनेमाले एक हप्ता नेपाली सिने बजारलाई आ-आफ्नै तरिकाले तताउने अपेक्षा गरिएको छ ।

रामजी लामिछानेको निर्देशनमा तयार भएको ‘प्रेमिका’ झरना थापा र सुमन सिंहको असफल जोडीले पर्दामा फेरि जम्ने कोशिश गरेका छन।
premika 21
प्रभाकर श्रेष्ठको निर्माणमा तयार भएको ‘जीगोलो’ यादव सिलवालको निर्देशनमा तयार भएको हो यो चलचित्रमा जीया केसी, महिमा सिलवाल र प्रभावकर श्रेष्ठको अभिनय रहेको छ। नायिका सुमिना घिमिरे र प्रभाकर श्रेष्ठकै अभिनय रहेको ‘डार्लिङ’ नामक सिनेमा अकस्मात हलमा लागेको छ। सिनेमाको प्रचारप्रसार शुन्य जस्तै भएकाले यो सिनेमा उपस्थितीमै सिमित हुने देखिएको छ।

यि ३ सिनेमाको साथमा चलचित्र ‘झोले’ दोश्रो हप्तमा प्रवेश गरेको छ । चलचित्र ‘झोले’को व्यापारलाई यी तिन फ्रेस चलचित्रले कुनै धक्का नदिने विश्लेषण गरिएको छ।