महको हात बाट परदेशीको अडियो तथा भिडियो लोकार्पण


सेलिब्रेटी नेपाल काठमाडौँ
फूलपातीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘परदेशी’ को चलचित्रमा समावेश गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको छ । वरिष्ठ कलाकारद्वय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चलचित्रमा समावेश गीतको अडियो तथा भिडियो लोकार्पण गरेका हुन् । बाध्यताले परदेशिएका
नेपालीको कथा चलचित्रमा भएकाले दसैँ छेक पारेर प्रदर्शनमा ल्याउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाली मूलका भारतीय गायकबाट नेपाली चलचित्रका नायक भएका तामाङबाट अभिनय गरिएको र लोक सङ्गीतकर्मी नारायण रायमाझीबाट निर्देशन गरिएको यो दोस्रो नेपाली चलचित्र हो । यसअघि सो जोडीको सहकार्यमा बनेको चलचित्र ‘गोर्खा पल्टन’ले सफलता हासिल गरेको थियो ।
Pardeshi चलचित्रमा छ वटा गीत समावेश छन् । गीतमा तामाङसहित उदीतनारायण झा, दीपा झा, अन्जु पन्तलगायतले स्वर दिएका छन् । आइतबार मात्र नेपाल आएका नायक तामाङले चलचित्रमा राम्रो कथामा आधारित नेपाली चलचित्रमा पुनः अभिनय गर्न पाएको बताउँदै खुसी व्यक्त गरे । परदेशी नेपालीको कथा भएकाले चलचित्रको छायाङ्कन नेपालसँगै कतारमा पनि गरिएको छ । राजेश बंशल र नारायण रायमाझी निर्मित चलचित्रमा प्रशान्त तामांग,रजनी के.सी,नरेन खड्काको मुख्य भूमिका रहेको छ ।