प्रशान्त र सुशीलको द्वन्द ‘रणवीर’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ :चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला चलचित्रको तुलनामा फरक देखिएका छन् ।

उनले यसै चलचित्रको लागि भनेर आफ्नो वजन समेत बढाएका थिए । सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रसान्त बीचको टकरावनै ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ । यी दुईसँगै अन्य दुई डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पा भट्टलाई पनि प्रस्तुत गरिएको छ । चलचित्रनगरीको लागि नयाँ अनुहार भएता पनि सुबेक्षा सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुन्दरी हुन् भने सुपुस्पा पनि सिएकि विधार्थी । ट्रेलरमा टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा पनि उस्तै दमदार रुपमा देखिएका छन् ।

चलचित्रमा जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्र माघ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।