प्रदिप र जसिताको ‘लभ स्टेशन’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हलमा प्रदीप खड्का र जसिता गुरुङ स्टारर चलचित्र ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रले मल्टीपेलेक्समा उच्च शो पाएको छ ।

का प्रस्तुतकर्ता वितरक गोविन्द शाही हुन् । ‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्काका अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेकोछ ।

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बीक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको चलचित्रका गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।