वान वे मा सिदार्थ र मालाको प्रेम (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निर्माता संघका अध्यक्ष समेत रहेका पुराना तथा सफल निर्माता राज कुमार राईले निर्माण गरेको चलचित्र ‘वान वे’को गीत रिलिज भएको छ । फागुन १ गते बाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा नव नायक सिद्धार्थ गुरूङले नव नायिका माला सुब्बाको प्रेमलाई देखाइएको छ । कसरी भनूँ बोलको गीतमा डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ भने स्वर सविन राईको रहेको छ ।Mala-subba-one-way
उक्त गीतको करियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् । चलचित्र ‘वान वे’लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् । चलचित्रमा लेखन प्रदिप भट्टराइको, छायांकन हरि लामा,दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको रहेको छ भने बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् । फागुन १ मा चलचित्र ‘अधकट्टी’ र वान वे प्रदर्शनमा आउने पक्का भएता पनि वुधबार मात्र यि दुई चलचित्रले गोलाप्रथा गरि ‘वान वे’ले फागुन १ को प्रदर्शन मिति पक्का गरेको थियो ।