निशा र अर्जुनको सपना पुरा हुने संकेत मन्त्रालयले सगरमाथा आरोहण गर्नबाट नरोक्ने


 

(सेलिब्रेटी नेपाल) १० बैशाख -संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन -जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ ।सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रुपमा सगरमाथा चढ्न गएका उनीहरु प्रक्रियागत रुपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेले बताए । निशाले सगरमाथा आरोहणका लागि चाइचिज टिमको हेल्परको अनुमति मन्त्रालयबाट लिएको र अर्जुन कार्कीले पनि सक्कली नाम जितबहादुर कार्कीको नामबाट हेल्परकै रुपमा अनुमति लिएकाले उनीहरुलाई रोक्न नमिल्ने बताइएको छ ।
सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रुपमा सगरमाथा चढेको भन्दै लेखापाल पाण्डेले नायक/नायिका दुवैजना प्रक्रियागत रुपमा गएको बताए । उनले कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छ भन्दा पनि आफूहरुले प्रक्रिया हेर्ने भएकोले प्रक्रिया पूरा भएको उल्लेख गरे । रासस