निखिल उप्रेती अब खलनायक नायक नायिकाको डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको आफ्नै व्यानर ‘दि निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट बन्ने गरी नयाँ चलचित्र ‘रुद्र’ घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सोमबार निखिलले आफ्नै लगानी रहने गरी ‘रुद्र’ घोषणा गरेका हुन् । चलचित्रमा नायक तथा नायिका दुवै नयाँ अनुहार रने छन् नयाँ अनुहार मोडल विश्व शर्मा र युके बस्दै आएकी साराले रुद्र बाट डेब्यु गर्दै छन् निखिल भने खलनायकको भूमिकामा देखिने छन् ।
nikhil-upreti-rudra
रामजी लामिछानेको निर्देशन रहने चलचित्रको निर्माण घोषणा कार्यक्रममा कलाकारहरु पनि मिडियामाझ सार्वजनिक भए । चलचित्र सोमबार बाटै फ्लोरमा जाँदैछ । जसको लागी निर्माण टिम मुस्ताङ प्रस्थान गरिसकेको छ । चलचित्रमा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय रहनेछ । हिमाल केसीको द्वन्द्व रहने चलचित्रमा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् ।