नयाँ नाम नयाँ व्यक्ति नयाँ चलचित्र नयाँ पोस्टर


(सेलिब्रेटी नेपाल) ९ फागुन-‘ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को अफिसियल ‘फर्स्टलुक’ (पोस्टर) सार्वजनिक गरिएको छ । युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र प्रदर्शनको लागी यसअघी आउँदो फागुन ३० गतेलाई मिती तोकिएपनि केहि हप्ता पछी धकेलिने देखिएको छ । निर्देशक थापाले चलचित्र फागुन ३० मा नै प्रदर्शनमा ल्याउने की सर्ने भन्ने बारेमा केहि दिनमा टुङ्गो लाग्ने जानकारी दिए ।
Reason-to-die-poster
यो चलचित्रमा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य अभिनय रहेको छ । चलचित्र ‘आई ह्याव रिजन टु डाई’ कलेजमा अध्ययन गरिरहेका बिशेषतः प्रेममा परेका किशोरावस्थाका युवा युवतीहरुको कथालाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको निर्माण युनिटले जानकारी दिएको छ । अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा चलचित्र तयार भएको हो । भने चलचित्रमा सह-निर्देशन नरेन्द्र वाग्लेले गरेका छन । ‘आई ह्याव रिजन टु डाई’लाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन भने यो चलचित्रमा संगित प्रतिक थापाको रहेको छ । त्यस्तै चलचित्रमा समाबेश गीतहरुमा स्वर अनुभुती गुरुङ र विकेश के शंकरको रहेको छ ।