२ दिनमा साँढे ६ लाखले हेरे ‘ए मेरो हजुर–२’ को ओएसटी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ को ओएसटी २ दिनमा साँढे ६ लाखले हेरेका छन् । आइतबार साँझ युट्युब च्यानलमा अपलोड गरिएको ओएसटी २४ घण्टा नपुग्दै चार लाख भन्दा बढी पटक हेरिएको थियो।

‘कसम हो कसम।।।’ बोलको ओएसटीमा सुगम पोखरेलको स्वर छ भने शब्द कृष्णहरी बरालले लेखेका छन् । कल्याण सिंहले संगीत भरेका छन् भने एरेन्जर उदयराज पौडेलले गरेका छन् ।

ओएसटीमा राम्राज्ञीराज्य लक्ष्मी शाह र डेब्यू अभिनेता सलिमान बानियाँले फिचरिङ गरेका छन् । अभिनेत्री झरना थापाको डेब्यू निर्देशन चलचित्र ‘ए मेरो हजुर–२’ ले भदौ १६ गतेका लागि रिलिज डेट लिएको छ ।
भिडियो हेर्नुहोस्:

राजेश हमाल किन भात खादैनन् त ? यो पनि हेर्नुहोस्: