बन्यो चलचित्र ‘वर्ल्डकप इन नेपाल’


world-cup-in-nepal
(सेलिब्रेटी नेपाल) १२ भाद्र-नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिले ‘वर्ल्डकप इन नेपाल’ नामक नेपाली कथानक चलचित्र निर्माण गरेको छ।

चललिच निर्माण पक्षद्धारा राजधानीमा आयोजित उक्त चललिचत्रको गीति एल्बम बिमोचन कार्यक्रममा चलचित्र प्रबन्धक प्रकाश थापाले गोरखा जिल्लाको बारपाक गाउँमा छायाङ्कन गरिएको यस चलचित्रले नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा),सरकार र स्वयम् खेलाडीका अभिभावकले बालबालिकालाई फुटबल खेलमा प्रोत्साहन दिनुपर्ने बताए।

चलचित्र विकास बोर्डबाट ‘स्पेशल अवार्ड’ समेत पाएको यस चललिचत्रमा जुगल डङ्गोलको सङ्गीत, केन्जुमा सुब्बा र सुमन घलेको गायन तथा रामशरण पाठकको लेखन रहेको छ। यसअघि उक्त गीति क्यासेटको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एबम् चालिचत्रर्मी युवराज लामाले विमोचन गर्दै नेपाली फुटबल हालसम्म एसियालीस्तरको छनोट प्रतियोगितामा सामेल भएपनि जित हात नपारेको भन्दै विश्वकप जित्न अझ कडा परिश्रमको आवश्यकता रहेको बताए।

सोही अवसरमा दुई वर्षअघि साउदी अरबमा मृत्यु भएका रामबहादुर थापामगरको परिवारलाई सत्य साई सेन्टर इजरायलले उपलब्ध गराएको रु तीन लाख ६५ हजारको चेक सदस्यसचिव युवराज लामाले हस्तान्तरण गरेका थिए।