समर लभ अब पर्दामा, वैशाखको दोस्रो साताबाट प्लोरमा जाने


सेलिब्रेटी नेपाल काठमाडौँ
samar love
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि चलचित्र बन्ने भएको छ । मुस्कान ढकालले निर्देशन गर्ने चलचित्रको पटकथा सामीप्यराज तिमिल्सिनाले लेख्ने भएका छन् । चलचित्रमा ‘समर लभ’ को अतीतको भूमिकामा आशीष पिया देखिनेछन् भने सायाको भूमिका रेवती क्षेत्रीले निभाउने छिन् ।

रेवती नेपाली मूलकी भारतीय युवती हुन् । चलचित्र वैशाखको दोस्रो साताबाट प्लोरमा जाने निर्देशक ढकालले जानकारी दिए ।