’झ्यानाकुटी’ अनमोल स्टारर ’कृ’सँग भिड्न तयार


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ’झ्यानाकुटी’ भदौ ८ मा रिलिज हुने भएको छ । अभिनेत्री निशा अधिकारीको निर्माणमा बनेको चलचित्र अहिले फ्लोरमा रहेको छ ।

वितरण अधिकार प्राप्त वितरक सुनिल मानन्धरले चलचित्र भदौ ८ मा आउने पुष्टि गरेका छन् । यो हुँदै गर्दा ’झ्यानाकुटी’को भिडन्त अनमोल केसी स्टारर चलचित्र ’कृ’सँग हुनेछ ।

’झ्यानाकुटी’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । सौगात मल्ल, वेनिशा हमाल र कर्मा शाक्य लिड ’अभिनयमा छन् ।