झोलेले गर्यो बाढी पिडित लाई सहयोग


jhole film unit
(सेलिब्रेटी नेपाल) १३ असार-अहिले नेपाली चलचित्र कर्मी हरु सामाजिक कार्यमा पनि अग्रसर हुन थालेका छन् । केही समय अघि महाकालीमा आएको बाढीले पीडित बनेका दार्चुलाका बासिन्दालाई विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ । प्रदर्शनको क्रममा रहेको चलचित्र झोले युनिटले पनि दार्चुलाका बाढी प्रभावितलाई ११ हजार रूपैंयाँ आर्थिक सहयोग गरेको छ । चलचित्रका निर्देशक दिपेन्द्र के. खनाल नेतृत्वको टोलीले बाढी पीडितका लागि सहयोग गरेको हो निर्देशक खनालका अनुसार झोले युनिटको ११ हजार र अश्लेसा इन्टरटेन्मेन्टको ५ हजार नगद रूपैयाँ एभीन्यूज टेलिभिजनको राहत संकलन कार्यक्रममा हस्तान्तरण गरिएको छ । उनले चलचित्रको पब्लिसिटी भन्दा पनि विपतामा परेकालाई मानवीय नाताले सहयोग गर्न आफुहरु अग्रसर भएको बताए ।