साउनमा धुम मच्चाउदै आउने भो “हिरोज”, अहिलेलाई ट्रेलर मात्रै हेर्नुहोस्


सेलिब्रेटी नेपाल काठमाडौँ
Hiroj
प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र “हिरोज” को ट्रेलर सार्वजनिक गरिएको छ । द्धन्द निर्देशक एन.बि महर्जनको निर्देशनमा निर्माण भएको यस चलचित्रमा नायिका करिश्मा मानन्धर, पुर्णिमा लामा, मुकेस ढकाल, सन्जोग राणा, दिनेस डि.सि, जय किसन बस्नेत लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

जयलक्ष्मी फिल्मस् र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सन्जोग राणा, युबराज लामा र द प्लाम ग्रुपले निर्माण गरेका हुन् ।

सामाजिक कथामा बनेको चलचत्रि “हिरोज“ आगामी बर्षको साउन महिनामा प्रदर्शनमा आउने निर्देशक एन.बि महर्जनले बताए ।