बैशाख १ अघि नै दयाले केकीलाई घरभित्राए (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्तरजातिय विवाहमाथि बनेको चलचित्र ‘घामपानी’मा समावेश ‘तामाङ सेलो’ गीत रिलिज भएको छ । गीतमा स्वर संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चनको रहेको छ भने संगीत चन्द्र कुमार दोङले दिएका छन् । चलचित्रमा तामाङ समुदाय र ब्राह्मण समुदायका युवायुवतीको प्रेम कथालाई चलचित्र उतारिएको हो ।

दिपेन्द्र लामा निर्देशित चलचित्र’घामपानी’ बैशाख १ मा रिलिज हुँदैछ । सार्वजनिक गीतमा लिड अभिनेता दयाहाङ राई तामाङ, अभिनेत्री केकी अधिकारी ब्राह्मण समुदायको प्रतिनिधित्व गर्दै देखिएका छन् ।

सिनेमा आर्ट्स प्रोडक्सनको व्यानरमा बनेको चलचित्रमा दयाहाङ राई र केकी अधिकारी, वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।