नेपाली चलचित्रका जल्दा बल्दा खलनायकहरु को अघि


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली सिने जगतमा जसरि एउटा हिरोको चर्चा हुन्छ, त्यति चर्चा खलनायकको भएको पाईदैन तर एउटा चलचित्र पूर्णहुनलाई हिरो जतिकै खलनायकको पनि भूमिका हुन्छ भन्दा फरक नपर्ला बिसेष गरि नेपाली सिने उद्योगमा भिलेन भन्नासाथ हिरोइनलाई जिस्काउने, बाटो छेक्ने अनि हिरोको कुटाई खाने एउटा नराम्रो क्यारेक्टर अनि हेर्दै डरलाग्दो गेटअप भयको मान्छे भन्ने बुझिन्छ । यो कुरा एउटा ट्रेन्ड र मेकरको बुझाईमा निर्भर हुने कुरा हुन् तर पछिल्लो समयमा आएर यो कुरामा सिनेमा उद्योगमा पनि परिबर्तनहरु देखिन थालेका छन् । नकारात्मक रोल गर्नलाई नराम्रो अनुहार, डरलाग्दो नै हुनु पर्छ भन्ने रहेनछ भन्ने कुरालाई सत्य साबित गर्दै छन् अहिलेका जेनेरेसनका भिलनेहरुले . वास्ताबमा हरेक मान्छे भित्र सकारात्मक र नकारात्मक दुवै कुरा रहेको हुन्छ ।

नेपाली चलचित्र उद्योगमा खलनायकको कुरा गर्दा सुनिल थापाको नाम भएन भने यो लेख नै अधुरो हुन जान्छ । सुनिल थापा यस्तो एक मात्र खलपात्र हुन्, जसले यो उद्योगमा लामो समय एक्लै राज गरे राते काईलाको नाम ले प्रसिद्द उनि अहिले बलिउडमा जम्ने तरखरमा छन । यहाँ खलनायकको बिषयमा चर्चा भै राखेको बेला नेपाली सिने उधोगमा अहिले जम्दै गरेका खलनायकहरुको कुरा गर्न जरुरि छ । अहिलेको समयमा नेपाली चलचित्र उद्योगमा राम्रो प्रभाब पार्न सफल यी पांच खलनायकहरुको चर्चा गरौ अनि यी पांच मध्येतपाईहरुलाई मन पर्ने खलनायक को हुन् ? हामी फिडब्याकको अपेक्षा गर्दछौ .
Robin-tamang

१. रबिन तामाङ

नेपाली संगीत क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल रक मेटलका किंग रबिन  पछिलो समय चलचित्र छड्के बाट नेपालि चलचित्रमा प्रबेस गरेका हुन् ।  भिन्नै पर्सनालिटीका धनि यिनको अभिनयक्षमताको खुब तारिफ भयो उनको पछिल्लो चलचित्र वान वे बाट  छड्के , मुखौटा र वान वे चलचित्रमा आफ्नो अभिनय देखाई सकेका रबिन तामांगमाथि दर्सकले धेरै नै आस गरेका छन् भन्दा फरक नपर्ला ।

 

 

Bhanu-pratap

२ भानु प्रताप

पछिल्लो समयका सबै भन्दा ब्यस्त यी खलनायक ले लगभग तिन बर्षको अबधिमा एक दर्जन चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरि सकेका छन् । चलचित्र दलाल बाट आफ्नो फिल्मी करियर सुरु गरेका भानु प्रताप कुनै हिरो भन्दा कम देखिदैनन  । पछिल्लो चलचित्र वान वे बाट धेरै नै प्रसंसा बटुलेका भानु तिन/चार चलचित्र बाट हिरो को अफर आउदा पनि हिरो खेल्न इच्छुक देखिएन बरु निरन्तर नेगेटिभ रोल गरिरहे । चलचित्रलाई राम्रो सग बुझेका भानु प्रताप ले नेपाली सिने उधोगलाई एउटा इँटा  थप्ने काम गर्छन भन्दा फरक नपर्ला ।

Subash-thapa

३ सुबाश थापा

सुबास थापा भन्नासाथ एउटा फरक अभिनय क्षमता भएको कलाकार भनेर चिनिन्छ । हुन त उनि धेरै नै चलचित्रमा नायक

हुन्  तर बेला बेला उनि खलपात्र भयर दर्सकको मनमा आफ्नो ठाउँ बनाइरहन्छन । चलचित्र फेसबुकमा उनको अभिनयको धेरै नै तारिफ भयो । त्यस्तै पछिल्लो चलचित्र तथास्तुमा पनि उनको काम को धेरै ले प्रसंसा गरे ।

सुबास थापा को हिरो पट्टि को जुन छबी छ त्यो भन्दा पनि धेरै उनले गरेका थोरै नकारात्मंक रोल को कारणले उनको प्रसंसा धेरै नै छ । आसा गरौ उनलाई आगामी चलचित्र मा पनि नेगेटिभ रोल मा देख्न पाइयोस ।

nagendra-rijal

४ नागेन्द्र रिजाल

ठुला ठुला आखा, अग्लो कद भयका नगेन्द्रले अभिनय गरेको देख्दा भारतीय खलनायक प्रकास राजको झजल्को आउछ ।

लगभग डेढ दर्जन चलचित्र मा अभिनय गरेका यिनी पनि अहिलेको पुस्ताले आस गरेका अर्का खलनायक हुन् ।

Martin-khan

५ मार्टिन खान

विभिन्न गेटअप र जहिले पनि इस्टाएलिस्ट  भयर हिड्ने मार्टिन खान अर्का आस लाग्दा खलनायक हुन् । विभिन्न चलचित्रमा

आफ्नो अभिनय देखाई सकेका यिनी पनि अहिलेका अर्का ब्यस्त कलाकार मध्येका एक हुन् ।