‘नारी सम्मान’ युरोपेली चलचित्र महोत्सव हुँदै


(सेलिब्रेटी नेपाल) ४ फागुन-यही फागुन ८ देखि ११ गतेसम्म राजधानीमा युरोपेली संघको चलचित्र महोत्सव हुने भएको छ। नयादिल्ली र यहास्थित सङ्घका कूटनीतिक नियोग र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गर्ने उक्त चलचित्र महोत्सवको ‘सेलिब्रेटिङ विमेन’(नारी सम्मान) नामकरण गरिएको छ । महोत्सवमा १६ युरोपेली मुलुकका महिलाको जीवनमा आधारित चलचित्र प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा युरोपेली प्रतिनिधिमण्डका राजदूत रेन्जी टिरिङ्कले जानकारी गराइन्।
film-festival
महिला सशक्तीकरण, उनीहरुको अधिकारको प्रवद्र्धन र ऐक्यबद्धता जनाउन सो प्रदर्शनीको आयोजना गर्न लागिएको हो। प्रदर्शनीमा बेलायत, डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, स्लोकाभिया, लुथानिया, हङ्गेरी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र स्विडेनका चलचित्र समावेश गरिएका छन्।