मेरो मान्छेका निर्माता नारायण मृत फेला


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र ‘भेटि’ र ‘लफडा’ का निर्माता नारायण खतिवडा बुधवार मृत भेटिएका छन् । उनलाई काठमाण्डौको बागबजारमा स्थित होटल हार्दिकको कोठा नं. १०३ मा मृत अवस्थामा भेटिएको हो । बुधवार बिहान देखि अबेरसम्म उनि बसेको कोठाको ढोका नखुलेपछि दिउसो खोलेर हेर्दा मृत अवस्थामा भेटिएका थिए ।
Narayan-khatiwda-producer
केही समय पहिले हर्ट अट्याकका कारण मृत्युको मुखबाट जोगिएका खतिवडाको पुन : हृदयघातका कारण निधन भएको हुन सक्ने अनुमान काटिएको छ । उनको शबलाई माहाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ। पोस्टमार्टम रिपोर्ट पछि मात्र उनको मृत्युको कारण थाहा हुने बताईएको छ । चितवनका स्थायी बासिन्दा खतिवडा उनको पछिल्लो चलचित्र ‘मेरो मान्छे’को पोस्ट प्रोडक्शनकालागि काठमाण्डौ आएका थिए ।