नम्रताको प्रेम र रोमान्स प्रेम घले संग


(सेलिब्रेटी नेपाल) २ असोज-हाल चलचित्र ,नोभेम्बर रेन’को सुटिंगमा धरानमा रहेकी नायिका नम्रता श्रेष्ठले आफू यतिबेला प्रेममा रहेको कुरालाई स्वीकार गरेकी छिन्। नम्रताले आफू प्रेम घलेसँगको प्रेममा रहेको कुरालाई स्वीकार गर्दै अब जीवन उनै संग बिताउने सोचमा रहेको बताएकी छिन् ।

Namrata-shrestha-prem

यस अघि उनी कलाकार तथा संचारकर्मी रेमनदास श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरीएको थियो । तर पहिलो प्रेमको बारेमा सोध्दा भने उनी केही बोल्न चाहिनन् । नम्रताले नोभेम्बर रेनमा नायक आर्यन सिग्देलसँग रोमान्स गर्दै छिन् । २७ वर्षीया यि नायिकाले आफ्नो सुहाउँदो जोडी आर्यन नै भएको पनि बताएकी छिन् । सकारात्मक सोचाई नै आफ्नो सुन्दरताको राज भएको बताउने नायिका नम्रता श्रेष्ठको चलचित्र मौन असोज ११ गते बाट प्रदर्शन हुँदैछ।