नैना रेशम जोडीको फेरी रोमान्स (भिडियो)


biraj-bhatta-nisha
पाँच बर्षपछि नेपाली चलचित्रमा फर्केका बिराज भट्टको चलचित्र ‘जय पर्शुराम’को गीत रिलीज गरिएको छ । ‘म त हुन्छु’ बोलको गीतमा बिराज भट्ट र निशा अधिकारी देखिएका छन् । यो गीतमा दीपक लिम्बु र अञ्जु पन्तको स्वर रहेको छ भने डा. कृष्ण हरि बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । बिराज भट्ट र निशा अधिकारीले चलचित्र ‘नैना रेशम’मा स्क्रिन शेयर गरेका थिय । नैना रेशम निशाको पहिलो चलचित्र हो । नैना रेशमको गीत ढल्क्यो ढल्क्यो निकै नै चर्चित बनेको थियो अब यो जोडीको यो गीत म त हुन्छु कस्तो होला हेर्न बाँकि नै छ।

रोज राणाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा बिराजलाई इमान्दार प्रहरी अधिकृतको भूमिकामा देख्न सकिनेछ । उपमा केसी कार्यकारी निर्माता रहेको यो चलचित्रमा मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राणा र रुपम राणा निर्माता रहेका छन् । मौनता श्रेष्ठको लेखन रहेको ‘जय पर्शुराम’मा एनबि महर्जनको एक्शन रहेको छ । महेश खड्काको संगीत छ भने रामेश्वर कार्कीको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ ।