बन्ने भो ‘कथा काठमाण्डु’ प्रियंका र आयुष्मानले जोडी बाँध्ने (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Movie-katha-kathamandu
चलचित्र ‘कथा काठमाण्डु’ को औपचारिक घोषणा भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो । टेलिभिजन कार्यक्रम मार्फत लामो समय आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ फिचर फिल्म निर्देशनमा तर्फ अग्रसर भएकी हुन् ।

म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेकी संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । यो नै संगीताको पहिलो डेब्यू चलचित्र हो ।

चलचित्रको बिषयमा संचारकर्मीमाझ बोल्दै निर्देशक श्रेष्ठले चलचित्रमा ३ फरक, फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिने बताइन् । नेपाली चलचित्रमा यस्तो प्रयोग अहिले सम्म नभएको श्रेष्ठको भनाई छ ।

उनले ती पात्रको कनेक्शन कस्तो हुनेछ भनेर खुलाउन चाहिनन् । चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले एउटा चुनौतीपूर्ण भूमिकामा आफु कथा काठमाडौमा देखिने जानकारी दिईन् ।

आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ ।

विजय राईको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहनेछ । (भिडियो हेर्नुहोस्)