कमेडीले भरिपूर्ण ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ : चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार अघि बढाउँदै शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर पूर्ण त कमेडी बेसमा बनाईएको छ ।

आर्थिक स्थिती कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र त्यसको बीच बाटोमा आइपर्ने ढोगी बाबासँग उनै दुई युवाले गर्ने ब्ल्याकमेलिङको वरीपरी चलचित्रको कथा जोडिएको निर्देशक बिप्लोप उप्रेतीले बताए ।
चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत फिचर छन् । निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । चलचित्रमा संगीत सुशान्त गौतमको रहेको छ ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’मार्फत निर्देशक बिप्लोप उप्रेतीले निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह- निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य रहेका छन् । चलचित्र पौष २० गते बाट प्रदर्शनमा आउनेछ ।