मोडल हन्ट अब नेपालमा पनि


(सेलिब्रेटी नेपाल) काठमाडौँ
इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौन्दर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ । नेक्स्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ । बिहिबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगीताको बारेमा जानकारी दिएको हो । असारमा फाइनल हुने प्रतियोगीताका लागी आयोजनले आवेदन समेत खुल्ला गरेको छ ।
Nepali-Model
१६ देखि २८ वर्ष ननाघेकायुवा युवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । देशका प्रमुख शहर काठमाडौ, पोखर, बिराटनगर, चितवन, धरान लगायतका स्थानबाट बैशाखको तेस्रो साताबाट पहिलो चरणको अडिसन हुनेछ । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनिहरलाई अन्तराष्ट्रिय रनवे, ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्स लगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइने छ । प्रतियोगीतामा शिर्ष सहित आधादर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा दगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर ,केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् ।