माल्भिकाको चलचित्र हाउ फन्नी छायाँकन सकियो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निलु डोमा शेर्पाको डेब्यु निर्देशन रहेको चलचित्र ‘हाउ फन्नी’ को छायाँकन सकिएको छ । गत मंसीर २० बाट छायांकन प्रारम्भ भएको चलचित्र ‘हाउ फन्नी’को छायांकन २५ दिनमा सकिएको हो । चलचित्रको ३ गीतको छायांकन भने बाँकी रहेको छ । मौसमको कारणले गर्दा तीन गीतको सुटिङ हुन बाँकि रहेको निर्देशकले बताईन् ।
Nepali-film-how-funny
अन्तिम दिनको छायांकनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले इन्डक्ल्याप सर्ट दिएका थिए । चलचित्र ‘हाउ फन्नी’ मा प्रियंका कार्की र केकी अधिकारी जासुसको भूमिकामा देखिने भएका छन् । यसमा यी दुइको जीवनमा अनुसन्धानको शिलशिलामा आउने उतार चढावलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रको छायाँकन काठमाण्डौ र थानकोटमा गरिएको हो । चलचित्रकी कार्यकारी निर्मातामा पूर्व मिस नेपाल माल्भिका सुब्बा रहेकी छन् ।

निलुकै कथा र परिकल्पना रहेको चलचित्रमा आङ नुरु शेर्पा(फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाले लगानी गरेका छन् । चलचित्रमा अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणालगायतको पनि अभिनय रहेको छ । सान बस्न्यातको लेखन रहेको चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शैलेन्द्र श्रेष्ठको संगीत र हरि हुमागाईको छायाँकन रहेको छ ।